वितेको ५ वर्षमा रामेछापबाट २५ हजार बढी युवा वैदेशिक रोजगारीमा गए

वितेको ५ वर्षमा रामेछापबाट २५ हजार बढी युवा वैदेशिक रोजगारीमा गए

वितेको ५ वर्षमा श्रम स्वीकृति लिएर रामेछाप जिल्लाबाट २५ हजार बढी युवा वैदेशिक रोजगारीमा गएका छन । सुरक्षित आप्रवास कार्यक्रम(सामी) रामेछापका अनुसार विगत ५ वर्षको अवद्यिमा २५ हजार ४ सय १० जना युवाहरु वैदेशिक रोजगारीमा गएका हुन ।

वैदेशिक रोजगारीमा जानेहरुमा महिलाभन्दा पुरुषको संख्या बढी रहेको छ । २० हजार २ सय ६८ जना पुरुषहरु विदेश गएकोमा ५ हजार एक सय ४२ जना महिलाहरु मात्रै वैदेशिक रोजगारीमा गएका छन ।

आर्थिक वर्ष २०७६/७७ मा २ हजार ९ सय १३ जना महिला र ६ सय ३७ जना पुरुष गरी ३ हजार ५ सय जना वैदेशिक रोजगारीमा गएका थिए । आर्थिक वर्ष २०७७/७८ मा १ हजार ७० जना पुरुष र २ सय ५६ जना महिला रोजगारीको शिलशिलामा विदेश गएका हुन ।

आर्थिक वर्ष २०७८/७९ मा ४ हजार ३ सय ४३ जना पुरुष र १ हजार १ सय ७ जना महिला विदेश गएका हुन । यसैगरी आर्थिक वर्ष २०७९/८० मा ६ हजार ५७ जना पुरुष र १ हजार ५ सय १५ जना महिला काम गर्न विदेश गएका हुन ।

आर्थिक वर्ष २०८०/८१ मा ५ हजार ८ सय ४ जना पुरुष र १ हजार ६ सय २७ जना महिला वैदेशिक रोजगारीमा गएका हुन । सुरक्षित आप्रवासन कार्यक्रम( सामी) रामेछापका परामर्शकर्ता क्षितिज घिसिङ्गले ईरामेछापलाई यो तथ्यांक उपलब्ध गराउनुभयो ।

वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको संख्या पछिल्लो समय बढ्दै

वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको संख्या पछिल्लो समय बढ्दै गएको छ। वैदेशिक रोजगारीको सिलसिलामा ३० वर्षमा ६८ लाख युवा विदेश गएका सरकारी तथ्याङ्कले देखाएको छ ।

वैदेशिक रोगजार विभागका अनुसार आर्थिक वर्ष २०५०/५१ देखि चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा ६८ लाख युवा श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न देश गएका हुन् । नेपालबाट विशेषगरी मलेसिया, खाडी र युरोपेली मुलुक पुग्ने गरेका विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताउनुभयो । उहाँका अनुसार यो भारतबाहेकका अन्य मुलुकमा नेपाली युवा गएको सङ्ख्या हो ।

भारतमा १५ देखि १७ लाख नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेको सरकारी अनुमान छ । यसबाहेक व्यक्तिगत पहुँच वा अन्य उपायबाट विभागसँग श्रम स्वीकृति नलिई विदेश गएकाको सङ्ख्या भने सरकारी अभिलेखमा छैन ।

यसैबीच पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार