खुर्कोट पुलको निर्माण सकियो,मंगलबारदेखी सरर..गाडी चल्ने

खुर्कोट पुलको निर्माण सकियो,मंगलबारदेखी सरर..गाडी चल्ने

रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटको पुलको निर्माण सकिएको छ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पुल सुनकोसी नदीले रामेछापपटीको भाग बगाएको थियो ।

शनिवार नै सेनाले पुलमा बेलिब्रिज जडानको काम सकेको हो । सेनाले बेलिब्रिजको बिचमा फलामको सल्याप हाल्ने काम सकेर पुलको भार क्षमता समेत परीक्षण गरिसकेको सिन्धुलीको गोलन्जोर गाउँपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष रेगनराज थापाले बताउनुभयो ।

रामेछापको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको उपस्थितीमा नेपाल सरकार र नेपाली सेनालाई धन्यवाद व्यक्त गर्ने कार्यक्रम रहेको बताउनुभयो । उक्त कार्यक्रम पश्चात खुर्कोटको पुलबाट यातायात संचालन हुने उहाँले बताउनुभयो ।

रामेछापको लाइफ लाइनको रूपमा रहेको खुर्कोट पुल बगाएपछि सवारी साधन अरनिको राजमार्ग लगायत अन्य वैकल्पिक राजमार्ग प्रयोग गदै आएका थिए । खुर्कोटको पुल बगाए पश्चात् रामेछाप सहित ओखलढुङ्गा प्रवेश गर्ने यात्रुले समस्या भोग्नु परेका थियो । दोलखा मुँडे हुँदै मन्थलीसम्म १० देखी ११ घण्टाको समय लगाएर सवारी साधनहरु आवतजावत गरिरेहेका छन ।

बेलिब्रिज निर्माण सम्पन्न भएसँगै अब भने यो समस्या समाधान हुने भएको छ । ऊर्जा जलस्रोत तथा सिचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) खुर्कोटमा बेलिब्रिज निर्माण गर्न आफै लागिपर्नु भएको थियो । उहाँ बेलिब्रिज छिटो सम्पन्न गर्न आफै निर्माण स्थलमा खटिनुभएको थियो । निकै मेहनत र संघर्षले बेलिब्रिज निर्माण भएको राज्य मन्त्री तामाङले बताउनुभयो । यति छिट्टै अथक मेहनत र प्रयासले बेलिब्रिज निर्माण भएर रामेछापबासीले सहज सुविधा पाउँदा आफुलाई निकै खुशी लागेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार