यस्तो छ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना : डिएसपी प्रदिप कुमार सिंहसँगको कुराकानी

यस्तो छ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना : डिएसपी प्रदिप कुमार सिंहसँगको कुराकानी

जिल्ला प्रहरी कार्यालय रामेछापले चाप पर्व विशेष सुरक्षा योजना लागु गरेको छ । यिनै विविध विषयमा जिल्ला प्रहरी कार्याय रामेछापका प्रमुख डिएसपी प्रदिप कुमार सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश : 

नेपालीहरूको महान चाड दशैँ तिहार शुरु भयो । रामेछाप जिल्लाको चाडपर्व लक्षित सुरक्षा योजना के छ ?

चाड पर्वलाई लक्षित गरेर हामीले अन्य वर्ष हरूमा जस्तै यो वर्ष पनि विशेष योजना बनाएर लागू गर्ने चरणमा छौँ । योजना बनिसकेको छ । यो क्रमश लागू हुँदै पनि छ । गाडिको भिडभाड, क्षमता भन्दा बढि यात्रु बोक्ने, यात्रुहरू ठगिने बिगतमा पनि भएको होइन यो पाली पनि हुन सक्ने कुरालाई मध्यनजर गर्दै तीन ओटा क्षेत्र खिम्ती मन्थली र सेलेघाटमा यात्रुहरूका गुनासो सुन्न हेल्प डेक्स सञ्चालनमा ल्याएका छौँ । कुनै गुनासो, ठगि, कुनै विपत्त भए त्यहाँ सम्पर्क गर्न सक्नु हुनेछ । जुन सुकै विषयको पनि त्यहाँ खटिनु हुने प्रहरीले तत्काल रेस्पोन्स दिनु हुनेछ । यदि त्यहाँ पुग्न सम्भव नभएमा हाम्रो हटलाईन १०० मा सम्पर्क गर्नु भयो भने तत्काल् रेस्पोन्स हुनेछ ।

यसै गरी विगतमा चाडबाडको बेला चोरीको घटना पनि हुने गरेको छ । त्यसलाई मध्यनजर गर्दै सुरक्षा योजना व्यापक रुपमा बनाएका छौँ । इलाका प्रहरी चौकीहरूले पेटोलिङ, पब्लिकसँग नजिक हुने, पब्लिकबाट इन्फरमेशन लिने ब्यापक रुपमा भएको छ । सचेतना कार्यक्रम भइसकेको छ । हामीले कस्तो मान्छेबाट जोगिनु पर्छ । गाडिमा यात्रा गर्दा कसरी गर्ने ? अपराधिमुलक मान्छेबाट कसरी जोगिने भन्ने खालको सचेतनामूलक सूचना प्रवाह भइरहेको छ । मन्थली, धोवी, खाडादेवी लगाएत रामेछाप जिल्लाको बजारहरूमा माइकिङ गर्ने काम भइरहेको छ ।

प्रत्यक नाकामा दिउसो तथा राती चेकिङ गर्ने व्यवस्था मिलाएका छौँ । रातीको समयमा विशेष चेकिङ हुन्छ । सदरमुकाम व्यवस्थित भएरहित बनाउन विगत एक महिनादेखि चेकिङ सञ्चालन हुन्छ । यो ६ ठाउँमा छ । राति दशदेखि बिहान छ सम्म हुन्छ । संकास्पद व्यक्ति देखिने साथ बोलाएर सोधपुछ हुन्छ । उनीहरूबाट संका लागेमा इन्टरभ्यू तथा उहाँहरूको मोबाइल नम्बर सहित रेकड राख्ने काम हुन्छ । रातको समयमा कोही अफ्टेरोमा परेको भए हाम्रो भेइकलबाट उद्दार गर्ने काम पनि हुन्छ । रातको समय कि समस्यामा विशेष काम परेको मान्छे हिड्छ कि अपराधिक मान्छेहरू मात्र हिड्छन् । त्यसलाई आइडन्टीफाई गछौँ ।

सदरमुकामलाई हामीले सुरक्षित गरेका छौँ र यो निरन्तर हुन्छ । रामेछाप जिल्लाको अन्य बजारहरू, अन्य पालिका, गाउँ बस्ती सबै ठाउँमा गस्ती गरेर सबै ठाउँमा जनतासँग नजिक हुने र त्यहाँबाट आएको इनफरमेशनलाई विश्लेषण गरेर अवको रणनीति के हुन्छ ? भन्ने योजना बनाएर तत्कालै एक्शनमा जान्छौँ ।

चाडपर्वको बेला सवारी साधनको अत्याधिक चाप हुन्छ । यस्तो बेला दुर्घटना हुने सम्भावना पनि वेसी हुन्छ ? यसबारे के योजना बनाउनु भएको छ ?

अरू वर्षको भन्दा फरक भनेको चालकलाई जिम्मेबारी बनाउनका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर गराएका छौँ । उहाँहरूलाई बोलाएर रिकोइस्ट गरेर चालकले के गर्न हुन्छ ? के गर्नहुन्न ? भन्ने कुरा झकझकाउने काम भएको छ । सबै पढेर सुनाइसकेपछि उनीहरूको नाम नम्बर राखेर सहि गराउने काम भएको छ । मैले प्रतिवद्धता पत्रमा सहि गरेको छु भने र सम्झियो भने मात्र पनि दुर्घटनाहरू कम हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ । सबै कुरा गतवर्ष लागू भएकै कुरा हो । चेकिङ, क्षमता भन्दा बेसी यात्रु चढाएमा कार्बाही, ओभर स्पिड लापर्वाही तरिकाले चलाएको मापसे लापसे चेकिङ हुन्छ । हरेक एङ्गलबाट यात्रालाई कसरी सहज र सरल हुन सक्छ भन्ने कुरामा हामी गम्भिरतापूर्वक लागिरहेका छौँ । सिभिल प्रहरीले पनि निगरानी गर्नु हुनेछ ।

रामेछाप जिल्लाको कुन क्षेत्र अली जोखिम घटना घट्ने खालको देख्नु हुन्छ ?

सुरक्षाको हिसाबमा समग्रमा हेर्दा रामेछाप जिल्ला सन्तोषजनक नै छ । यहाँ अपराधका घटना भन्दा चोरीको घटना धेरै छ । हाम्ले टिम नै बनाएर चोरीको घटना कसरी हुन नदिने र भइसकेपछि प्रहरीको रेस्पोन्ट के हुन्छ ? भन्ने कुरामा ध्यान दिएका छौँ । १४ चोरीको घटनामा प्रमाण सहित पक्रेका छौँ । ८ जना कारागार चलान भइसकेको छ । अरू ६ जना ढलौटीमा रिहाइ भइसकेको छ । अझै पनि चोरीको घटना हुन नदिनका लागि सर्तकता अपनाएका छौँ । रातीको समयमा डकुमेन्ट सहित भेइकल चेकिङ हुन्छ । अन्यमा फाट्टफुट्ट घटना भएता पनि त्यस्ता घटना न्यूनिकरण भइरहेको छ । यसपालीको चोरीको घटनालाई विशेष वाचमा राखेका छौँ ।

यो पटक चाडपर्व लक्षित सुरक्षा योजनामा कति प्रहरी परिचालन हुँदैछ ?

चाडपर्व लक्षित सुरक्षाका लागि हाम्रो जिल्ला भरीमा ३०० जना जति प्रहरी परिचालन हुन्छ यो वर्ष । दुर्घटना चोरीको घटना भएमा तुरुन्तै १०० नम्बरमा कल गरेर जानकारी दिन सकिनेछ । २४ घण्टा नै डिउटी हुन्छ यो नम्बरमा । केही गरी उठेन भने पनि कल ब्याक हुन्छ । बाटोको म्याद बाहेक ३ मिनेटमा रेस्पोन्स हुन्छ ।

यात्रा गर्नु भएका, सुन्नु भएका, पढ्नु भएका यात्रीहरूको लागि विशेष के आग्रह गर्न चाहानु हुन्छ ?

जति पनि यात्री महानुभावहरू हुनुहुन्छ । म जिल्ला प्रहरी कार्यालय रामेछाप प्रमुखको तर्फबाट के आग्रह गर्न चाहानु हुन्छ भने चाडबाडको बेला हतार नगरौँ । यात्रा गर्दा खेरी आफ्नो जीवन ज्यान र परिबारलाई सम्झेर गरौँ । यात्रा गर्नु मै महान् होइन कि हामी सुरक्षित छौँ कि छैनौँ भन्ने कुरालाई विशेष महत्वका साथ हेरौँ । हामी सुरक्षित भए दशैँ अर्को वर्ष पनि आउन सक्छ भन्ने कुरा मनन गरौँ । सर्तकता साथ यात्रा गरौँ हतार नगरीकन । केही समस्या गुनासो भए १०० मा सम्पर्क गरौँ । चाडवाड बनाउदै गर्दा सभ्य तरिकाले मनाइदिनुहोला । चाडबाडको नाममा उश्रीङ्खलता अस्लिलता कार्यहरू कसैबाट पनि नहोस् । सवधानी अपनाऔँ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार