रामेछापको भटौलीमा सुमो दुर्घटना,चालक घाईते,सबै यात्रु सकुशल

रामेछापको भटौलीमा सुमो दुर्घटना,चालक घाईते,सबै यात्रु सकुशल

रामेछापमा सुमो दुर्घटना भएको छ । जिल्लाको मन्थली नगरपालिका वडा नं ७ भटौलीमा मंगलबार(आज) बिहान अन्दाजी ४ः२० बजेको समयमा सुमो दुर्घटना भएको हो ।

भटौली पुल भन्दा माथी मन्थली–खाँडादेवी–सित्खा सडक खण्डमा काठमाण्डौबाट दोलखाको बाटो हुदै सिन्धुली जादै गरेको ना १ ज ८७८२ नंम्बरको सुमो अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

दुर्घटनामा सुमो चालक सिन्धुलीको फिक्कल गाउँपालिका –४ बस्ने बर्ष अन्दाजी २२ को उद्वब श्रेष्ठ घाईते भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । घाइते श्रेष्ठको तामाकोशी अस्पताल मन्थलीमा उपचार भइरहेको छ ।

उहाँको दाहिने हात र ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । उक्त सुमोमा १२ जना सवार रहेको भएपनि सबै यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार