रामेछापको साँघुटारमै पुगेर व्यवसायिहरुलाई सेवा प्रदान

रामेछापको साँघुटारमै पुगेर व्यवसायिहरुलाई सेवा प्रदान

रामेछापको रामेछाप नगरपालिकाले वडा नं ३ साँघुटारमै पुगेर उद्योगी व्यवसायिहरुलाई सेवा प्रदान गरेको छ । सोमबार रामेछाप नगर उद्योग वाणिज्य संघ र नगरपालिकाको टिम नै साँघुटार पुगेर शिविर मार्फत विभिन्न सेवाहरु प्रदान गरेको हो ।

उक्त शिविरमा व्यवसाय ईजाजत नविकरण ५८ वटा,कृषक समुह १ वटा,सहकारी संस्था एक वटा,वितिय संस्था १ वटाको नविकरण गरिएको नगरपालिकाको राजश्व,उद्योग तथा सहकारी शाखाका प्रमुख हरि भगत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यि सेवाहरु प्रदान गर्दा ६० हजार ५ सय २० रुपैया राजश्व संकलन भएको छ ।

शिविरमै प्यानवाला ४० उद्योग तथा व्यवसायिको कर दाखिला गर्ने व्यवस्था गरिएको थियो । सोही दिन साँघुटार बजारका २८ वटा पसलहरु अनुगमन गरिएको छ । अनुगमन गर्दा भेटिएका म्याद नाघेको सामाग्रीहरु बरामद गरी नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार