चाड पर्वमा आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै सबै सचेत रहन प्रशासनको आग्रह

चाड पर्वमा आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै सबै सचेत रहन प्रशासनको आग्रह

चाड पर्वमा आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै सबै सचेत रहन रामेछाप प्रशासनले आग्रह गरेको छ ।

नेपालीहरूको महान् चाड पर्वहरू दशै, तिहार लगायतका मुख्य चाड पर्वमा बजारमा हुन सक्ने सम्भावित कालोबजारी, म्याद गुज्रेका सामानको बिक्री वितरण, अवैध मदिराको बिक्री वितरण, जुवातास खेल्ने/खेलाउने, चोरी–लुटपाट जस्ता आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै सबै सचेत प्रशासनले आग्रह गरेको हो ।

सोमबार एक सूचना जारी गर्दै प्रशासनले सार्वजनिक सवारी साधनहरूमा क्षमता भन्दा बढी यात्रुहरू बोक्ने, तोकिए भन्दा बढी भाडा असुल्ने, अवैध रूपमा सञ्चालन भएका चिट्ठा र अनलाइन सपिङमा सहभागी हुने तथा विद्युतीय माध्यमबाट हुने ठगी लगायतका अवैध क्रियाकलाप हुन सक्ने भन्दै ती कार्यहरू नगर्न नगराउन आग्रह गरेको हो ।

यस्तो गतिविधिहरु भएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार