रामेछाप प्रीतिका मिर्गौला पीडित बालकाको उपचारमा खर्च अभाव,सहयोगका लागि आह्वान

रामेछाप प्रीतिका मिर्गौला पीडित बालकाको उपचारमा खर्च अभाव,सहयोगका लागि आह्वान

रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रीतिका एक ११ वर्षीय बालकको खर्च अभावले उपचारमा समस्या भएको छ। प्रीतिका लीलाबहादुर सुनुवार र मनमाया सुनुवारका छोरा नवराज सुनुवारको दुवै मिर्गौलाले काम नगर्ने र फोक्सोमा पानी जम्ने समस्या भएपछि कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।
छोराको उपचारको क्रममा ९ लाख रुपैयाँ बढी खर्च भइसकेको लीलाबहादुरले बताउनुभयो ।

उपचारको लागि अझै १९ लाख बढी खर्च लाग्ने चिकित्सकहरूले बताएका लीलाबहादुरले जानकारी दिनुभयो । ऋण, धन गरेर ९ लाख बढी खर्च गरिएको र अझै १९ लाख बढी खर्च लाग्ने भनेकाले उपचारमा लाग्ने खर्चको अभाव भएको लीलाबहादुरले बताउनुभयो । छोराको उपचार खर्चमा सहयोग गरिदिन लीलाबहादुरले सबैसँग आग्रह गर्नुभएको छ ।

यसैबिच मिर्गौला पीडित बालकको उपचारका लागि उमाकुण्ड गाउँपालिकाले ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । गाउँ कार्यपालिका बैठकले बालकको उपचारको लागि ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयो । उपचारको लागि ठुलो रकम खर्च लाग्ने भएपछि सुनुवार परिवारले आर्थिक सहयोगको लागि अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार