सम्मृद्ध रामेछाप निर्माणको लागी बहस,मन्त्री ठकुरीले जनाए प्रतिबद्धता

सम्मृद्ध रामेछाप निर्माणको लागी बहस,मन्त्री ठकुरीले जनाए प्रतिबद्धता

रामेछाप जिल्लाको पहिलो राष्ट्रिय दैनिक पत्रिका ‘गन्तव्य टुडे’को ८औँ स्थापना दिवसको अवसरमा सम्मृद्ध रामेछाप निर्माणको लागी बहस कार्यक्रम गरिएको छ । शनिबार बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले रामेछापको पर्यटन विकास र समृद्धिका लागि आगामी बजेटमार्फत विशेष सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पूरै अवधि सरकारमा रहेर बजेट ल्याउन पाएको खण्डमा रामेछापको पर्यटन विकास र समृद्धिलाई मुख्य प्राथमिकतामा राखेर विशेष सम्बोधन गरिने बताउनुभयो ।

मन्त्री ठकुरीले वर्तमान सत्ता गठबन्ध सरकारले नागरिकमा आशाको सञ्चार जगाएको दाबी गर्नुभयो । यो सरकार पुरै अवधि सञ्चालन हुने कुरामा नागरिक पनि विश्वस्त रहेको उहाँको भनाई छ ।

पत्रकार नयाँघरे सम्मानित

गन्तव्य टुडे राष्ट्रिय दैनिकले आफ्नो आठौँ वार्षिकोत्सवको अवसर पारेर नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेलाई सम्मान गरेको छ ।

नयाँघरेलाई वार्षिकोत्सव समारोहका प्रमुख अतिथि एवं संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले सक्रिय पत्रकारिता गरेका तथा संचार संस्थाको प्रवर्धनमा अतुलनीय योगदान पु¥याएको भन्दै नगद रु २० हजार सहित सम्मानित गरेको हो ।

नयाँघरे वि.सं. २०५१ सालदेखि अनवरत रामेछापको माटोमा रहेर पत्रकारितामा सक्रिय छन् । हाल नयाँघरे इमेज टेलिभिजन र रेडियो नेपालका जिल्ला सम्वाददाताका रूपमा कार्यरत छन् भने जिल्लाबाट प्रकाशित हुने पालिका आवाज साप्ताहिकका सम्पादक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार