सभापति कान्छारामले आतङ्क मच्चाएको सचिवको आरोप,भण्डाफोर गर्ने चेतावनी

सभापति कान्छारामले आतङ्क मच्चाएको सचिवको आरोप,भण्डाफोर गर्ने चेतावनी

नेपाली कांग्रेस रामेछाप जिल्ला कार्यसमितिका पदाधिकारीबीच असन्तुष्टि बढ्दै गएको छ । पार्टीको १४औं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका पूर्णबहादुर तामाङ (कान्छाराम) ले निरङ्कुशता लाद्न खोजेको आरोप छ । कान्छारामले कसैसँग सल्लाह नगरी एकलौटी ढंगले निर्णय गर्ने, हस्तक्षेप गर्ने, पदाधिकारीको मर्यादामा समेत असर पर्ने किसिमको गतिविधि गर्ने कांग्रेस रामेछाप जिल्ला सचिव दीपक खड्काको आरोप छ ।

‘कान्छारामले विना सल्लाह एकलौटी ढंगबाट कार्य गर्ने, सचिवहरुको अधिकारभित्रको कार्यमा हस्तक्षेप गरी अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको मर्यादामा समेत असर पर्ने कार्यगरी एकलौटी तबरबाट आफू सभापति हुनेबित्तिकै पार्टीको सबै कार्य गर्ने आफैं भएको महशुस गरी विधानविपरीत तानाशाही प्रवृत्तिको साथ अगाडि बढेको हुँदा उक्त प्रवृत्तिको विरुद्धमा सम्पूर्ण कांग्रेस शुभचिन्तकहरुलाई तानाशाही कार्यका विरुद्ध लाग्न अनुरोध गर्दछु,’– सचिव खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कान्छारामले एकलौटी ढंगले निर्णयगरी भदौ २४ गते १११औं वीपी जयन्ती गर्ने भनी परिपत्र गरेको थाहा पाएको भन्दै सचिव खड्काले त्यसको विरोध गर्न समेत अपिल गर्नुभएको छ । तत्काल बैठक बसी पार्टीमा देखिएको समस्या समाधान गर्न गम्भीर छलफल नगरी कुनै पनि कार्यक्रम हुन नदिने उहाँको चेतावनी छ । कान्छारामले रामेछाप कांग्रेसलाई एकढिक्का रुपमा अगाडि बढाउने प्रतिवद्धता नगरेसम्म विरोध गर्न उहाँले आग्रह गर्नुभएको छ । सचिव खड्काले सोमबारको कार्यक्रम जबरजस्ती गर्न खोजे विद्रोहको नारा लगायत विभिन्न दवाबमूलक गतिविधिमा सहभागी हुन आग्रह गर्नुभयो । कान्छाराम संघीय सरकारमा उर्जा राज्यमन्त्री हुनुहुन्छ ।

सचिव खड्काले जारी गरेको विज्ञप्ति  : 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार