रामेछाप नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को सुरुदेखि हालसम्म अर्थात यो एक वर्षभरीको अवधिमा सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा नगरपालिकाका बरिष्ठ अधिकृत एवं सूचना अधिकारी होम बहादुर थापाले जानकारी गराउनुभयो ।

उहाँले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म नगरपालिका मार्फत संस्थागत विकास तथा सुशासनको क्षेत्रमा भएका कामहरू, आर्थिक तथा सामाजिक विकास, पूर्वाधार विकास, विपद् व्यवस्थापन र न्यायिक समिति लगायत विभिन्न क्षेत्रमा भएको प्रगति बारे जानकारी गराउनुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरीकहरुले शिक्षा,स्वास्थ्य,कृषि,खानेपानी,विपद व्यवस्थापन लगायत विभिन्न विषयमा रहेर प्रश्न गरेका थिए । नागरीकहरुको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की र प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरेले दिनुभएको थियो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नगरपालिकाले गरेको कामहरुमा नागरीहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिन सक्ने बताउनुभयो । सम्वृद्ध नगरपालिका बनाउन सबै नागरीकहरुको साथ र सहयोग अपरिहार्य रहेको पनि उहाँले बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण हजुरको रेडियोले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार