वडाअध्यक्ष (जनप्रतिनिधि) को सुविधाबाट किसानलाई निशुल्क रासायनिक मल वितरण

वडाअध्यक्ष (जनप्रतिनिधि) को सुविधाबाट किसानलाई निशुल्क रासायनिक मल वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले आफुले पाउने सुविधाबाटै किसानलाई निशुल्क मल वितरण गर्नुभएको छ । देशका धेरै ठाउँका किसानले भनेको समयमा रासायनिक मल नपाइरहेको अवस्थामा वडा नं ७ सुकाजोरका किसानले भने समयमै मल पाएका छन ।

मकै तथा धान खेती गर्ने कृषकलाई गत वर्ष पनि रासायनिक मल वितरण गरेको वडाले यस वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिएको हो । गत वर्ष वडाले वितरण गरेको मलको रकम बेरुजु देखिएपछि यस वर्ष वडाअध्यक्ष समिर कार्कीले आफुले पाउने सुविधाबाटै किसानलाई निशुल्क मल वितरण गरिएको बताउनुभयो ।

वडाले किसानलाई मल वितरण गर्न सहयोग संकलन अभियान नै संचालन गरेको थियो । रामेछाप काठमाण्डौँ सृजनशिल समाजले संकलन गरेको ६८ हजार र वडा आफैले मल वितरण गर्न संचालन गरेको सहयोग संकलन अभियानबाट ७१ हजार गरी जम्मा १ लाख ३९ हजार रुपैँया सहयोग संकलन भएको थियो ।

विभिन्न व्यक्तिहरुले किसानलाई रासायनिक मल वितरण गर्न सहयोग गरेका थिए । ९ सय घरधुरी संख्या रहेको यस वडामा ७ सय २० बोरा बढी मल वितरण गर्नुपर्ने अवस्था रहेको वडाअध्यक्ष कार्कीले बताउनुभयो ।

सहयोग रकमबाट उठेको १ लाख ३९ हजार रकम र नगरपालिकाले ढुवानी वापत दिने एक लाख बराबरको रकम बाहेक अपुग सबै रकम आफनो सुविधाबाट खर्च गर्ने उहाँले बताउनुभयो । वडा सदस्य र कर्मचारीले स्वइच्छाले सहयोग गरेका छन ।

वडाले १० रोपनी भन्दा बढी जग्गामा खेती गरिरहेका किसालाई एक बोरा र सो भन्दा  कम जग्गामा खेती गरिरहेका किसानलाई आवश्यकताको आधारमा मल वितरण गरिरहेको छ ।

वडा नं ७ सुकाजोरले केही साता अघि मकैबालीमा देखिएको फौजि किरा नियन्त्रण गर्न निशुल्क विषादी वितरण गरेको थियो । निशुल्क स्वास्थ्य बिमा,एक घर एक हिलटेक वितरण,घरघरमै गएर समाजिक सुरक्षा भक्ता वितरण जस्ता कार्यक्रम वडाले गरेको लोकप्रिय कार्यक्रम हुन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार