रामेछाप गोठगाउँमा भएको विशेषज्ञ सहितको स्वास्थ्य शिविरमा २ सय ३० जनाले लिए सेवा

रामेछाप गोठगाउँमा भएको विशेषज्ञ सहितको स्वास्थ्य शिविरमा २ सय ३० जनाले लिए सेवा

रामेछापको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ स्वास्थ्य चौकीमा विशेषज्ञ सहितको स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा २ सय ३० जनाले सेवा लिएका छ्न ।

रामेछाप नगरपालिकाको आयोजना र रामेछाप अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो । रामेछाप नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णु बहादुर कार्कीका अनुसार शिविरमा ६० जनाले आँखा परीक्षण गराएका छ्न । ६९ जनाले दन्त सेवा,९३ जनाले आयुर्वेदिक सेवा,११ जनाले भिडियाे एक्सरे सेवा र ५१ जना महिलाले पाठेघरकाे क्यान्सर परिक्षण गराएका छ्न । ७ जना महिलाहरुको पाठेघरकाे क्यान्सर पोजेटिभ देखिएको छ ।

शिविरमा जनरल फिजिसियन तथा पेट सम्बन्धि रोगहरु परीक्षण,स्त्री रोगको परीक्षण तथा उपचार र पाठेघरको मुखको क्यान्सर परीक्षण,दीर्घ रोगीहरु,भिडियो एक्सरे सेवा,दन्त सेवा,आँखा सेवा र आयुर्वेद सेवा प्रदान गरिएको थियो । भौगोलिक रुपमा टाढा रहेको गोठगाउँका नागरिक विशेषज्ञ सहितको स्वास्थ्य सेवा गाउँमै पाउँदा खुशी भएका छ्न ।

नगरपालिकाले बुधबार वडा नं २ देउरालीमा पनि विशेषज्ञ सहितको स्वास्थ्य शिविर संचालन गरेको थियो । उक्त शिविरमा २ सय ३२ जनाले सेवा लिएका थिए । २ वटै वडामा भएको शिविरमा ४ सय ६२ जनाले सेवा लिएका हुन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार