सकृय महिलाहरुले दिए रामेछाप नगरपालिकालाई नीति तथा कार्यक्रम निर्माणका लागी सुझाव

सकृय महिलाहरुले दिए रामेछाप नगरपालिकालाई नीति तथा कार्यक्रम निर्माणका लागी सुझाव

आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम निर्माणका लागि रामेछाप नगरपालिकाले बुधबार(आज) नगरमा रहेका सकृय महिलाहरुसँग सुझाव लिएको हो । नगरले नीति तथा कार्यक्रम बनाउँदा महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउने खालको कार्यक्रमहरु बनाउन उनिहरुले सुझाव दिएका हुन ।

सो कार्यक्रममा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधीहरुले पनि विभिन्न सुझावहरु दिएका थिए । नेकपा एकीकृत समाजवादी रामेछाप नगरपालिकाका ईन्चार्ज ढालबिक्रम कार्कीले अबको दिनमा नगरले दिने तालिमको नाममा मात्र सिमित नभई प्रशंसा गर्न योग्य हुने गरी तालिमहरु संचालन गर्न आग्रह गर्नुभयो ।

उहाँले उद्यमशिलता कार्यक्रम, श्रम सीप र महिलासँग सम्बन्धि कार्यक्रम, रोजगारमुलक कार्यक्रमको नीति नियम र कार्यक्रम बनाउन आग्रह गर्नुभयो । नियति ठिक भए मात्र नीति ठिक हुने उहाँको भनाई छ ।

नेकपा माओवादी केन्द्र रामेछाप नगरका कोषाध्यक्ष सरोज कटुवालले नगरपालिकाले महिलाहरुलाइ सीप मात्रै सिकाएर नहुने बताउनुभयो । उहाँले महिलाले उत्पादन गरेको बस्तुको बजारीकरणको जिम्मा नगरपालिकाले लिनु पर्ने बताउनुभयो ।

नेकपा एमाले रामेछाप नगरका प्रतिनिधि कुबेर कुमार श्रेष्ठले पिछडिएका महिलाहरुलाई अगाडि ल्याउनको लागि जो सक्रिय रुपमा लाग्नुभएको छ उहाँहरुले नै भुमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले बार्षिक नीति तथा कार्यक्रम बनाउदा नै महिला, बालबालिका, अपाङ्ग, दलित,पिछडिएको बर्गको हकहितका लागि अध्यन अवलोकन गरेर यि सबै कुराहरु राखेर नीति तथा कार्यक्रम बनाउन सहयोग गर्न आग्रह गर्नुभयो ।

उपप्रमुख बाल कुमारी कार्किले यि राय सल्लाह सुझावलाई एकैचोटि ब्यबहारमा लागू गर्न नसके पनि बिस्तारै लागू गर्दै लैजाने बताउनुभयो । हालसम्म नगरले १९७ जनालाई सिपमुलक तालिम दिईसकिएको बताउनुभयो ।

तालिम लिएकाहरुले तालिम मात्र लिएर बसेका ब्यबहारमा लागू नगरेकाले काम गर्नको लागि के अभाव छ ? तालिम थप चाहियो कि ? सामाग्रि सहयोग चाहियो कि ? यसमा नगर सहयोग गर्न तयार छ भन्दा पनि सबै महिला उद्यमी बन्न नआएको उहाँको भनाई छ । सिमित उद्यमी मात्र सम्पर्कमा आएकोले उहाँहरुलाई निरन्तरता दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार