रामेछाप सालुमा पोखरीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु

रामेछाप सालुमा पोखरीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु

रामेछापको मन्थली नगरपालिका–४, गैह्राथोककी १० वर्षीया बालिका महनकुमारी बलमपाखीको पोखरीमा डुबेर मृत्यु भएको छ । उनी भक्तबहादुर बलम्पाखीकी छोरी हुन् ।

बुधबार घरमा कोही नभएको मौका पारेर उनी आफ्नै घर नजिकैको सिँचाइ पोखरीमा पसेकी थिइन् ।

बालिका पोखरीमा डुबेको खबर पाउनासाथ स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि सदरमुकाममा रहेको मन्थली अस्पतालमा उपचारार्थ पुर्‍याइएको थियो । अस्पतालमा उपचारका क्रममा साँझ उनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार