रामेछापबाट काठमाडौं जाँदै गरेको बस काभ्रेपलाञ्चोकमा दुर्घटना

रामेछापबाट काठमाडौं जाँदै गरेको बस काभ्रेपलाञ्चोकमा दुर्घटना

रामेछापबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकामा दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी १२ जना घाईते भएका छन् । घाईतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेकाले उपचारका लागि धुलिखेल पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको ठेगाना खुलेको छैन । अन्य घाईतेको अवस्था सामान्य छ ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ५ को गुरासेबाट काठमाडौंका लागि छुटेको बा २ ख ८४१८ नम्बरको यात्रुबाहक बस चौंरीदेउराली गाउँपालिका ४ सुगुरेखोला नजिकैको मोडमा दुर्घटना भएको काभ्रेपलाञ्चोकका एसपी भागेन्द्र पुरुष ढकालले जानकारी दिनुभयो ।

घटना लगत्तै बसका चालकलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेका चालकले बसको ब्रेक फेल भएपछि नालामा लगेर ठोक्काएको प्रारम्भिक बयान दिएका छन् । घटनाको बारेमा थप अनुसन्धान भैरहेको एसपी ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार