पसलमा आगलागी हुँदा चौबिस लाख बढीको क्षती

पसलमा आगलागी हुँदा चौबिस लाख बढीको क्षती

रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं २ ढाडेमा एक पसलमा आगलागी भएको छ । सोही ठाउँका किमान सिंङ तामाङको घरको भुई तलामा संचालमा रहेको इमरन ईसन इलेक्ट्रोनिक्स तथा किरना पसलमा गए राति २ः३० बजेको समयमा आगलागी भएको हो ।

तामाङको घरमा बिजुलीको तार सर्ट भएर आगलागी हँुदा पसलमा रहेको नगद तथा जिन्सि सामान जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

आगलागीबाट पसलमा रहेको नगद,सिलाई मेसिन ३ थान, कपडाको ( रोल), इलेक्ट्रोनिक्स सामान,कस्मेटिक सामान, ल्यापटप १ थान, प्रिन्टर २ थान र फर्निचर डेकोरेसन सहित अन्दाजी चौबिस लाख पैतालिस हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार