रामेछाप जिल्लाको लिखु तामाकोशी गाँउपालिकाको वडा नं–२ स्थित सिरिसेमा शुक्रबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ । ३ दिन सम्म चलेको प्रतियोगितामा जिल्लाका ८ वटै पालिकाका खेलाडिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा रामेछाप नगरपालिका दोश्रो भएको छ । खाँडादेवी गाँउपालिकाले प्रतियोगितामा तृतिय स्थान हासिल गरेको होे ।
राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने पालिकालाई ५० हजार, द्वितिय हुने पालिकालाई ३० हजार र तृतिय हुने पालिकालाई २० हजार नगद पुरस्कार लिखुतामाकोशी गाउँपालिकाले उपलब्ध गराएको लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले बताउनुभयो। अध्यक्ष महतका अनुसार विभिन्न खेलमा उत्कृष्ट हुने खेलाडीलाई जनही ३र३ हजारका दरले दिइएको पुरस्कार र प्रतियोगितामा लिखुतामाकोशी गाउँपालिकाबाट सहभागी भएर स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई क्रमशः ५ हजार, ३ हजार र २ हजारका दरले पुरस्कार दिएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा सदरमुकाममा हुँदै आएको प्रतियोगिता यो पटक भने जिल्ला खेलकुद विकास समितिको आयोजना र लिखुतामाकोशी गाउँपालिकाको सहआयोजनामा लिखुतामाकोशी– २ सैपुमा सम्पन्न भएको होे ।


 
				
							 
			 
                                     
                                     
                                     
                                     
                                     
                                    