“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखी सुरु भएको छ । रामेछापका प्रदेश सभा सांसद तारानारायण श्रेष्ठले प्रतियोगिताको उद्धघाटन गर्नुभयो ।
प्रतियोगिताको उद्धघाटन गर्दै सांसद श्रेष्ठले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउनमा यस्ता प्रतियोगिताले धेरै सहयोग गरेको बताउनुभयो । स्वास्थ्यका लागी पनि खेलकुद निकै महत्वपुर्ण रहेको भन्दै उहाँले खेल क्षेत्र र खेलाडीहरुको विकासका लागी आफुले सक्दो पहल गर्ने बताउनुभयो ।
रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले हरेक वर्ष आयोजना हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखी विद्यार्थीहरुमा खेल प्रति रुचि बढेको बताउनुभयो । यो प्रतियागिताले विद्यार्थीहरुको क्षमता पहिचान गर्न सहयोग पुग्नुभएका साथै उनिहरुको वृद्धि विकासमा पनि रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपुर्ण भुमिका खेलेको उहाँको भनाई छ ।
रामेछाप नगरपालिका भरीका १३ वटै माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । ३ दिनसम्म सन्चालन हुने प्रतियोगिता रामेछाप नगरपालिकाको वडा नं ८ टुँडिखेलमा सन्चालन भईरहेको छ । प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका खेलहरु खेलाईने छ ।