पछिल्लो केही वर्षयता देउसी, भैलोमा मादलको कम प्रयोग हुँदै

पछिल्लो केही वर्षयता देउसी, भैलोमा मादलको कम प्रयोग हुँदै

केही वर्षयता तिहारका समयमा देउसी, भैलो खेल्दा मादलको प्रयोग हुन छाडेको छ । कुनै समय गाउँदेखि सहरसम्म मादलको तालमा सुनिने देउसीका भाका अहिले आक्कलझुक्कल मात्र सुनिन थालेको छ । पछिल्लो पुस्ताले संस्कृति बिर्सँदा मादल पनि विरानो बन्न थालेको हो ।

नेपालका सबैजसो लोकभाकामा प्रयोग हुने लोकबाजा मादल विशेषगरि तिहारका समयमा बिक्री बढी हुने आशामा रहेका व्यवसायीहरू पनि निराश हुँदै गएका छन् । २७ वर्षअघिबाट मादल बिक्री गर्दै आउनुभएका काठमाडाँैका व्यवसायी उमा कुुलुले मौलिक हिसाबले देउसी, भैलो खेल्ने क्रम कम भएसँगै मादलको बिक्री हुनै छाडेको बताउनुभयो ।

पछिल्लो पाँच वर्षयता ब्यापार लगातार घट्दो क्रममा रहेको कुलुको भनाइ छ । पछिल्लो पुस्ताले मौलिक गितसँगै मादललगायत मौलिक बाजालाई बिर्सदै गएको छ । संस्कृतिको पुस्तान्तरण हुन नसक्नु नै ब्यवसायीका लागि चिन्ताको विषय बनेको छ । मादलको ब्यापार घट्नुमात्र देशका लागि उत्ति धेरै चिन्ताको विषय नभए पनि यसले मादल र मादलसँग जोडिएको नेपाली लोक संस्कृतीबारे चिन्ता थपेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार