देशमा सञ्चालनमा रहेका चिनी कारखाना बन्द हुँदा नेपाल, चिनी, सख्खर र उखुमा समेत परनिर्भर हुनु परेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालले विदेशबाट सात अर्ब ४१ करोड १२ लाख ७६ हजार रुपयाँको चिनी आयात गरेको छ। यही अवधीमा ४९ करोड ३ लाख ३७ हजार बराबरको सख्खर आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।
सरकारले बन्द चिनि कारखाना सञ्चालन र सञ्चालनमा भएका कारखानाको ब्यवस्थापन गर्न नसक्दा उखु खेती गर्ने किसानको सङ्ख्या समेत घटिरहेको छ । पाँच वर्षमा उखु खेती गर्ने किसानको सङ्ख्या ५० प्रतिशतले घटेको छ ।
यसले परनिर्भतलाई थप बढाउँदै लैजाने अर्थविद् डा. चन्द्रमणी अधिकारीले बताउनुभयो । यस्तै गत आर्थिक वर्षमा २२ लाख १५ हजार बराबरको १ लाख २४ हजार चार सय ७२ किलो उखुसमेत विदेशबाट आयात भएको भन्सार विभागले बताएको छ ।