रामेछापेली छोरो प्रकाश कटुवालको नयाँ तीज गित घण्टा (भिडियो) सहित

रामेछापेली छोरो प्रकाश कटुवालको नयाँ तीज गित घण्टा (भिडियो) सहित

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार घर भएका चर्चित लोकदोहोरी गायक प्रकाश कटुवालको नयाँ तीज गित घण्टा लोक सांगितिक बजार आएको छ । सुन्दर रामेछाप बोलको गित मार्फत रामेछापलाई चिनाउन महत्वपुर्ण भुमिका खेलेका लोकगायक प्रकाश कटुवालले नयाँ तीज गीत घण्टा बजार ल्याएका हुन ।

‘घण्टा’ बोलको गीतमा प्रकाशसँगै गायिका उमा श्रेष्ठको स्वर रहेको छ । गीतमा विनोद ढकालको शब्द सृर्जना एवम् गायक कटुवालकै लय रचना रहेको छ । गायक प्रकाशका यसअघिका ‘चोर बिरालो’, ‘ढाडे बिरालो’, ‘छेकेन जामाले’, ‘सुन्दर रामेछाप’ लगायतका गीत हिट छन् ।

घण्टा बोलको गितको भिडियोमा शंकर विसीको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने भिडियोमा ज्योती मगर र बुद्ध तामाङले अभिनय गरेका छन । दुर्गा पौडेलको छांयाकन एवम् नविन घर्ति मगरले सम्पादन रहेको भिडियो प्रकाश कटुवालकै युटयुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गितको भिडियो हेर्नुहोस : 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार