भद्दा मजाक
पाब्लो नेरुदा
आफ्नो अतिप्रिय कुकुरको
मृत घोषणा गरिरहेका थिए
त्यस बखत घरको अघिल्तिर
सुनसान बगैंचाको कुनै कुनामा
भावुक भएर आफ्नो अति प्रिय कुकुरको
पार्थिक शरीर गाडिरहदा
छेवैमा जीवनको कुरुपता माथि
पाब्लो नेरुदा शिर झुकाउदै
आफ्नो अती प्रिय कुकुरको खातिर
फ्याकिदिदै थिए एक
सम्मोहनको भद्दा सलाम पनि
आफ्नो अति प्रिय कुकुरमाथि
गढेर बसेको हृदयमा
प्रेमको सम्बोधन गरेर हिडेका थिए
पाब्लो नेरुदा
यो समयको कालान्तरमा
गडेर बसेको हृदयमा
प्रेमको सम्बोधन गरेर हिडेका
पाब्लो नेरुदाको बिपरित
आज म
जब जीवनको क्रुरता बिरुद्ध
गरिरहेको छु
अझै भद्दा मजाक।
स्वतन्त्रता
हृदयको आदिम कुनाबाट
उघ्रियो कुनै ताजा आँखा
र हेरिरह्रो एकछिन
आकाशमा उडिरहेको
प्रेमिल एकजोडी चराहरु
र देख्यो मुस्कुराइरहेको
एक हुल बादलका टुक्राहरु पनि
को चाहिँ बढी स्वतन्त्रता ?
चराहरु कि बादलका टुक्राहरु।