रामेछाप नगरपालिकामा ७ वडा सहित प्रमुख र उपप्रमुखमा कांग्रेसको जित

रामेछाप नगरपालिकामा ७ वडा सहित प्रमुख र उपप्रमुखमा कांग्रेसको जित

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा अधिकांश वडा अध्यक्ष सहित नेपाली काग्रेसले विजय हासिल गरेको छ । काग्रेसका उम्मेदवार लबश्री न्यौपाने एमालेका रोशन पाख्रिनलाई फराकिलो अन्तरले पराजित गरी नगर प्रमुखमा निर्वाचित हुनुभएको छ ।

न्यौपानेले ६ हजार ६ सय ३९ मत प्राप्त गर्दा पाख्रिनले ५ हजार ९ सय ८६ मत प्राप्त गर्नुभयो । उप प्रमुखमा काँग्रेसकै बालकुमारी कार्की थापा निर्वाचित हुनुभएको छ । कार्कीले ६ हजार ६ सय ४० मत प्राप्त गर्दा एमालेकी सीता खत्रीले ५हजार ३ सय ४७ मत प्राप्त गर्नुभयो । नेपाली काँग्रेसले नगरको ९ मध्ये ७ वटा वडा जितेको छ ।

रामेछाप नगरपालिकामा निर्वाचित हुनुभएका प्रमुख, उप-प्रमुख, तथा वडाध्यक्षहरु :
मेयर: लबश्री न्याैपाने (नेपाली काँग्रेस )
उपमेयर: बाला कुमारी कार्की (नेपाली काँग्रेस )
वडा न १ वडाध्यक्ष: रेख बहादुर खत्री (नेपाली काँग्रेस )
वडा न २ वडाध्यक्ष: निरकुमार श्रेष्ठ (ने क पा माओवादी )
वडा न ३ वडाध्यक्ष: दल बहादुर प्रधान (नेपाली काँग्रेस )
वडा न ४ वडाध्यक्ष: कृपा थापा मगर (नेपाली काँग्रेस )
वडा न ५ वडाध्यक्ष: हरीशचन्द्र श्रेष्ठ (नेपाली काँग्रेस )
वडा न ६ वडाध्यक्ष: राजेश तामाङ (नेपाली काँग्रेस )
वडा न ७ वडाध्यक्ष: समीर कार्की (नेपाली काँग्रेस )
वडा न ८ वडाध्यक्ष: सन्ताेष कुमार तामाङ (नेपाली काँग्रेस )
वडा न ९ वडाध्यक्ष: चन्द्र बहादुर श्रेष्ठ (ने क पा माओवादी )

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार