७७ वटै प्रमुख जिल्ला अधिकारीलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय

७७ वटै प्रमुख जिल्ला अधिकारीलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय

सरकारले गृहमन्त्रालयको लागुऔषध नियन्त्रण शाखा प्रमुखसहित ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले लागुऔषध नियन्त्रण र अनुसन्धान प्रभावकारी बनाउन सीडीओलाई थप जिम्मेवारी दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको नियमित पत्रकार सम्मेलनमा यस बारेमा जानकारी दिनुभएको हो । जापान सरकारकाबाट प्राप्त हुने १० अर्ब ३९ करोड नीतिगत ऋण स्वीकार गर्ने, प्रहरी नियमावली संशोधन गर्ने, राजपत्र हरेक हप्ताको सोमबार र विहीबार दुई दिन प्रकाशन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार