लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा मेसु सहित ७ बिभागीय प्रमुखको सरुवा

लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा मेसु सहित ७ बिभागीय प्रमुखको सरुवा

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा मेसु सहित ७ बिभागीय प्रमुखको सरुवा भएको छ। एकै चोटी ७ बिभागीय प्रमुखको सरुवा भएपछि उपचारमा समस्या हुने भएको अस्पतालले जनाएको छ ।

लामो समय सम्म लुम्बिनी प्रादेशीक अस्पतालमा कार्यरत बरिष्ठ चिकित्सकहरुको सरुवा हो । लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा कृष्ण प्रसाद खनालका अनुसार अहिले अस्पतालमा आफुसहित ७ जनाको सरुवा भएको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख फिजीसियन डा बिष्णु पौडेललाई कोसी अञ्चल अस्पताल, वाल रोग बिभाग प्रमुख डा किरण मणि पौडेललाई पोखरा, सर्जन डा नाराद खतिवडालाई चितबन हाडजोर्जी प्रमुख डा राजेन्द्र सन्जेल क्षेत्री लाई बिर अस्पताल छाला रोग बिभाग प्रमुख डा मनिलाल नेबारलाई बिर अस्पताल काठमान्डौ, रेडियोलोजी बिभाग प्रमुख डा राजेन्द्र प्रसाद खनाललाई कान्ति अस्पताल काठमान्डौ र मेसु डा कृण्ण प्रसाद खनाललाई डडेलधुरा अस्पतालमा सरुवा गरेको छ ।

तर उनीहरुको ठाउमा कुनै पनि चिकित्सकलाई सरुवा गरेको छैन ।लुम्बिनी प्रादेशकि अस्पतालमा कार्यरत मेसु डा खनालको उमेर हदको कारण केहि महिनामा नै अबकास हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार