सालकको खपटा सहित रामेछापका दुई युवा पक्राउ

३६६ ग्राम सालकको खपटा बरामद

सालकको खपटा सहित रामेछापका दुई युवा पक्राउ

३६६ ग्राम सालकको खपटा बरामद

सालकको खपटा सहित रामेछापका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा अवैद्य रुपमा लुकाई राखेको ३६६ ग्राम सालकको खपटा सहित रामेछापको मन्थली नगरपालिका–४ च्याउकेठाँटी बस्ने वर्ष २६ का मनोज थापा र वर्ष २१ का अशोक थापालाई पक्राउ गरिएको प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरुले सालकको खपटा घरमा लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी सालु र जिल्ला प्रहरी कार्यालय रामेछापवाट खटी गएको प्रहरीको टोलीले उक्त सामान सहित गएराती पक्राउ गरेको प्रवक्ता श्रेष्ठले जानकारी बताउनुभयो । पक्राउ परेकाहरुलाई सालकको खपटा सहित आज आवश्यक कारवाहीको लागि चिसापानी डिभिजन वन कार्यालय मन्थलीमा पठाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार