रामेछाप जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप आजदेखी लगाउन सुरु गरिएको छ ।
स्वास्थ्य कार्यालय रामेछापका प्रमुख शान्तिराम खतिवडाका अनुसार आजदेखी १० गतेसम्म जिल्लाका ८ वटै स्थानिय तहसँग सहकार्य गरेर सबै विद्यालयका बालबालीकालाई कोभिड १९ बिरुद्धको खोप लगान थालिएको उहाँले बताउनुभयो ।
कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भएको भन्दै प्रमुख खतिवडाले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गर्नुभएको छ । बालबालिकालाई लगाइने खोप अभियान विद्यालयमा सञ्चालन भैरहेकाले पनि थप सहज भएको उहाँले बताउनुभयो ।