सरकारले सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने

सरकारले सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने

सरकारले सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मङ्सिर १ गतेबाट लागुहुने गरि देशभरका सामुदायिक रेडियोलाई विद्युत महशुलमा छुट दिने बताउनुभयो ।

अमार्क एशिया प्यासिफिकसँगको सहकार्यमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)ले आयोजना गरेको विपद् र सामुदायिक रेडियो विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले विपदका समयमा रेडियोहरूको भुमिका महत्वपुर्ण हुने भन्दै विद्युत महशुलमा छुट दिने निर्णय गरेको बताउनुभयो ।

ग्रामिण बस्ति देखि शहर सम्म सबैभन्दा प्रभावकारी सञ्चारमाध्यम रेडियो भएकाले सामुदायिक रेडियोलाई सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । अमार्कका उपाध्यक्ष मिनबहादुर शाहिले सामुदायिक रेडियो सबैको पहुँचमा पुग्ने भएकोले रेडियोको सङ्ख्या बढाउनु भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले विपदका समयमा प्रयोग गर्न मिल्ने गरि विपदबारे सूचना दिने निर्देशिका तयार गरेको जानकारी दिनुभएको थियो । त्यसैगरि अकोरावका पूर्व अध्यक्ष सुवास खतिवडाले विपदबाट जनधनको क्षति कम गराउन सामुदायिक रेडियोले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।

उहाँले सामुदायिक रेडियो समुदायको विश्वास भएकोले विपदका समयमा पूर्वतयारी गर्न सामुदायिक रेडियो अझै सक्रिय हुनुपर्ने बताउनुभयो । त्यसैगरि सामुदायिक रेडियो प्रसारक सङ्घ अकोरावका अध्यक्ष अर्जुन गिरिले कोरोना महामारिका समयमा सामुदायिक रेडियोले ८५ प्रतिशत भन्दा बढि कार्यक्रम उत्पादन गरेको जानकारी दिनुभयो ।

सामुदायिक रेडियोलाई विद्युत महशुल छुट गर्ने निर्णय गरेको भन्दै उहाँले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा बक्ताहरुले भुकम्प सहित कोरोना महामारिका कारण सामुदायिक रेडियोहरू सङ्कटमा परेको भन्दै योजना बनाएर अघि बढ्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार