धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईँदै

धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईँदै

आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईँदैछ । बत्ती नबलेको घरमा लक्ष्मीको बास हुँदैन भन्ने विश्वास अनुसार घरकोचारैतिर सफा गरेर आँगन, दैलो, सङ्घार, मझेरी, झ्याल, ढोका, कौसी, अटाली, भ¥याङ्लगायतकाठाउँमा बत्ती बाली लक्ष्मीपूजा गर्ने चलन छ ।

जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँलक्ष्मीले सधैँ बास गर्ने भन्दै लक्ष्मीपूजाको महिमा सुरुभएको धार्मिक विश्वास छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराइले लक्ष्मी पूजाको लागि साइत नचाहिने बताउनुभयो ।

उहाँले साँझको बेलामा लक्ष्मी पूजा गर्न सकिने जानकारी दिनुभयो । लक्ष्मीपूजाकोरातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मीभित्र्याउन घरको आँगनदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातो माटोले पोतेरलक्ष्मी हिँड्ने बाटो बनाइन्छ ।

त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाउने चलन पनि छ । आजै साँझ लक्ष्मीपूजा गरेपछि भैलो खेल्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार