तिहार आजबाट सुरु, काग र कुकुर तिहार भोलि मनाइने

तिहार आजबाट सुरु, काग र कुकुर तिहार भोलि मनाइने

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । आज साँझ यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यमदीपदान आज हुने भए पनि काग र कुकुर तिहार भने भोलि परेको समितिले जनाएको छ । तिथिको घटबढका कारण काग र कुकुर तिहार एकै दिन परेको समितिले जनाएको छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । कात्तिक १८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मी पूजा गर्नुपर्छ । गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक १९ गते शुक्रबार परेको छ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । यसै दिनदेखि नेपाल संवत् ११४२ सुरु हुन्छ । कात्तिक २० गते शनिबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ ।

बिहान ११ बजेर २ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिको भनाइ छ । झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानीलगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार