दसैँ अगावै बक्यौतासहित सबै सुविधा उपलब्ध गराउन महासंघको आग्रह

दसैँ अगावै बक्यौतासहित सबै सुविधा उपलब्ध गराउन महासंघको आग्रह

श्रमजीवि पत्रकारलाई दसैँ अगावै बाँकी बक्यौतासहित सबै प्रकारका सेवासुविधा उपलब्ध गराउन नेपाल पत्रकार महासंघले आग्रह गरेको छ । महासंघले विज्ञप्ती जारी गर्दै मिडिया व्यवस्थापन पक्षलाई गम्भीर बनेर बढ्दै गरेको श्रमजीवि पत्रकारको समस्या समाधान गर्न आग्रह गरेको हो ।

महासंघले कोरोना सङ्क्रमणको वहाना बनाइ पत्रकारलाई निष्काशन गर्ने, दवावपूर्ण बिदामा राख्ने, तलब–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिने लगायतका कार्य तत्काल रोक्न भनेको छ ।

जटिल समस्या देखिएका सञ्चार गृहविरुद्ध दवावमूलक सङ्घर्ष अघि बढाउने निर्णय पनि गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिनुभयो । जटिल समस्या देखिएका सञ्चार गृहको अनुगमन गरि सञ्चार गृह घेराउ, अनशनसहित संघर्षका कार्यक्रम अघि बढाउन देशभरका शाखा, एशोसिएट तथा प्रदेश समितिलाई महासंघले आग्रह गरेको छ ।समस्या समाधान गर्न सञ्चार गृह तयार नभए असोज १७ गतेपछि संघर्षका थप कार्यक्रम अघि बढाइने नेपाल पत्रकार महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार