नेपाली कांग्रेस रामेछाप नगर समितिको सभापतिमा फेरि पनि कमल विक्रम कार्की निर्वाचित हुनुभएको छ । यस अघि पनि उहाँ नै रामेछाप नगर समितिको सभापति हुनुहुन्थ्यो । सभापति पदका लागि राम प्रसाद घिमिरे र कार्की बिच सहमति जुट्न नसकेपछी मतदान मार्फत सभापति टुंगाइएको हो । कार्किले १३७ मत प्राप्त गर्नुभयो भने घिमिरेले ३५ मत प्राप्त गर्नुभयो ।
यसैगरी अरु पदाधिकारीहरु भने सहमतिमै टुङगाइएको छ । उपसभापतिमा केदार कार्की र राजेन्द्र प्रधान चयन भएका छ्न । सचीवमा सुशील बख्रेल र कोमल श्रेष्ठ चयन भएका छ्न । सहसचिवमा शंकर घिमिरे र यम कुमार पाखृन चयन भएका छ्न । रामेछाप नगरपालिका नेपाली काँग्रेसको पकड क्षेत्र हो । यो सँगै नेपाली कांग्रेस रामेछापको गाउँ /नगरको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको आठ वटै स्थानीय तहमा सभापति सहितका पदाधिकारी चयन भएका छ्न । केही स्थानीय तहमा निर्वाचन मार्फत सभापति चयन गरिएको छ भने केहिमा स्थानीय तहमा सर्वसम्म सभापति र पदाधिकारी चयन भएका छ्न ।