रामेछाप नगरपालिकाका विद्यालय कर्मचारीहरुले बुझाए नगरप्रमुखलाई माग पत्र

रामेछाप नगरपालिकाका विद्यालय कर्मचारीहरुले बुझाए नगरप्रमुखलाई माग पत्र

रामेछापको रामेछाप नगरपालिकाका विद्यालय कर्मचारीहरुले नगरप्रमुख नर बहादुर थापा मगरलाई आज माग पत्र बुझाएका छन । स्वतन्त्र विद्यालय कर्मचारी संघर्ष समिती मार्फत आज उनिहरुले आफुहरुको माग सम्बोधन गर्न नगरप्रमुख समक्ष आग्रह गरेका हुन ।

अति न्युन पारिश्रमिकमा काम गर्नुपरेको भन्दै विद्यालय कर्मचारीहरुले सरकारले नै श्रमिकको मासिक न्युनतम तलब १५ हजार रुपैयाँ तोकेको भएपनि सरकारकै निर्णयबाट वन्चित भएर विद्यालय कर्मचारीहरुले अति न्युन तलबमा काम गर्नुपरेको बताएका छन ।

दिन प्रतिदिन महङगी बढिरहेको बेला मासिक ४ हजार ५ सय देखी बढीमा ११ हजार ५ सयसम्मको अति न्युन तलबमा काम गरेर घरव्यवहार चलाउन निकै समस्या भएको भन्दै यो समस्या समाधान गरिदिन उनिहरुले नगरप्रमुख समक्ष आग्रह गरेका हुन । स्वतन्त्र विद्यालय कर्मचारी संघर्ष समितीका अध्यक्ष रमेश तामाङको नेतृत्वमा नगरपालिका पुगेको विद्यालय कर्मचारीहरुको टोलीले ५ बुँदे माग पत्र नगरप्रमुखलाई बुझाएका छन ।

माग पत्रमा विद्यालय सहयोगीको न्युनतम मासिक पारिश्रमिक १५ हजार र लेखापालको न्युनतम मासिक पारिश्रमिक २० हजार ५ सय नघटने गरी पारिश्रमिक संशोधन गर्न अनुरोध गरिएको छ । विद्यालय कर्मचारीहरुको विमा,पोशाकको व्यवस्था,विभिन्न तालिमको व्यवस्था गर्न पनि माग पत्र मार्फत आग्रह गरिएको छ । स्वतन्त्र विद्यालय कर्मचारी संघर्ष समितीका अध्यक्ष रमेश तामाङले माग पत्र नगरप्रमुख थापा मगरलाई हस्तान्तरण गर्नुभयो ।

विद्यालय कर्मचारीहरुको माग पत्र बुझदै नगरप्रमुख थापा मगरले उहाँहरुको माग सम्बोधन हुने बताउनुभयो । नगरकार्यपालिकाको बैठकले पनि केहि प्रतिशत रकम बढाउने निर्णय गरिसकेको भन्दै उहाँले विद्यार्थी संख्याको आधारमा विद्यालय कर्मचारीहरुको न्युनतम मासिक पारिश्रमिक १५ हजारभन्दा माथि नै हुने निर्णय भईसकेको र अब उनिहरुले तलब लिँदा बढेको तलब लिने बताउनुभयो । नगरपालिकाको आन्तरीक आय ज्यादै न्युन रहेकोे भन्दै उहाँले आफुले चाहेर पनि धेरै काम गर्न नसकिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार