ओख्रेनीको बोका काण्ड भाईरल,वडाअध्यक्ष भन्छन गलत आरोप लगाईयो

ओख्रेनीको बोका काण्ड भाईरल,वडाअध्यक्ष भन्छन गलत आरोप लगाईयो

रामेछापमा सामाजिक संजालमा केहि दिनदेखी एउटा सेतो बोकाको फोटो भाईरल छ । उक्त फोटो केहि दिन अघि रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका नारायण श्रेष्ठले खिचेर आफनो फेसबुकमा पोष्ट गरेका थिए ।

उनले वडा नं ६ ले वितरण गरेको १ लाख रुपैयाँको बोका किसानले पालेको ४ महिनामा बल्ल यात्रो भएको छ भनेर लेखेका थिए । सो फोटो अहिले जिल्लाका धेरै जनाले आफनो फेसबुक वालमा १ लाखको बोको भन्दै पोष्ट गरेका छन । सो बोका रामेछाप नगरपालिका वडा नं ६ ले गत चैत्र महिनामा किनेको बोका हो ।

बोएर जातको ८ वटा बोका ५ लाखमा किनेर ओख्रेनीका किसानलाई वितरण गरिएको वडाअध्यक्ष धन ब खड्काले बताए । ८ वटा बोकामध्ये १ वटा बोका मरेको र ७ वटा अझै जिवितै छन । “हेर्दा सानो देखिएपनि सयमा ७५ प्रतिशत बोएर जातको बोका हो,हामीले किसानलाई नै बोका खरिद गर्न लिएर गएका थियौँ।किसान आफैले छानेर ल्याएको बोका हो ।” उनले भने ।

बोएर जातको बोका निकै महंगो हुने भन्दै वडाअध्यक्ष खड्काले ढुवानी सहित ५ लाखमा ८ वटा बोका खरिद गरेर ल्याइएको बताए । वडामा आफुले धेरै राम्रो काम गर्दा पनि विकास विरोधिहरु जथाभावी बोल्दै र लेख्दै हिँडेको प्रति आफुलाई दुख लागेको उनले बताए ।

वडामा सबै राम्रो काम भएको छ,वडाअध्यक्षलाई कसरी फसाउने भन्दै केहि व्यक्तिहरु आफनो चरित्र हत्या गर्ने काममा लागेको उनको भनाई छ । उनले १ लाखमा एउटा बोका खरिद गरेर ल्याएको भन्दै तथ्यहिन र भ्रम फैलाउने गलत आरोप आफु माथि लगाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार