प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रभावकारीता कम

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रभावकारीता कम

सरकारले सञ्चालन गरेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रभावकारीता सोचेअनुरुप हुन सकेको छैन । नागरिकलाई रोजगारीको पहुँचमा पु¥याउन भन्दै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको साढे २ वर्ष भयो ।

यो बीचमा १ लाख ७८ हजार भन्दा बढिले रोजगारी पाएका छन् । तर अझै पनि यो कार्यक्रम लक्षित बर्गमा पुग्न सकेको छैन । प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव लोकनाथ भूषाल कार्यक्रमको प्रभावकारिता हेरि यसको ढाँचा परिवर्तन गर्दै लैजाने बताउँनुहुन्छ ।

बाह्य रोजगारी कम गर्ने उदेश्यले सरकारले २०७५ फागुनमा प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको थियो । तर कार्यक्रमका नाममा सडक खन्ने, नाली सफा गर्ने, झार उखेल्ने, बाँदर लखेट्ने, पूmल गोड्ने जस्ता काम मात्रै भएपछि विज्ञहरुले यसको प्रभावकारितामा प्रश्न उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार