सात वर्षमा पशु बीमा गराउनेको संङ्ख्या १७ गुणाले बढ्यो

सात वर्षमा पशु बीमा गराउनेको संङ्ख्या १७ गुणाले बढ्यो

पछिल्लो सात वर्षमा पशु बीमा कार्यक्रमको प्रभावकारीता बढेको छ । सात वर्षको अन्तरालमा १७ गुणाले पशु बीमा गराउनेहरु बढेका छन् । किसानले एक लाख रुपैयाँको पशुबीमा गरेको खण्डमा पशुको मृत्यु भएमा ९० हजार रुपैयाँ नगद पाउँदछन् ।

एक लाखको बीमा गर्दा पाँच हजार रुपैयाँ प्रिमियम तिर्नुपर्छ । त्यसमा ३५ सय सरकारले तिरिदिन्छ भने किसानले १५ सय तिरे पुग्छ । पशु सेवा विभागको तथ्याङ्क अनुसार सात वर्ष अघि करिब २ अर्बको हाराहारीमा पशु बिमा गरिएको थियो । गतवर्ष भने ३४ अर्ब ७० करोड रुपैयाँ बराबरको पशु बीमा भएको छ ।

यसले पशु बीमा प्रति किसानको आकर्षण बढेको देखिन्छ । तर गतवर्ष ७५ प्रतिशत बीमा रकम अनुदान दिएको सरकारले यसवर्ष देखि ५० प्रतिशत मात्रै दिने घोषणा गरेकोमा किसानको गुनासो छ ।

किसानका गुनासोबारे पशु विभागले मन्त्रालयसँग छलफल गरिरहेको पशु सेवा विभागका सुचना अधिकारी डा. चन्द्र ढकालले बताउनुभयो । कृषि क्षेत्रलाई अघि बढाउने उद्देश्यले सरकारले २०६९ माघ १ गतेदेखि लागु गरेको भएपनि बीमा समितिले आर्थिक वर्ष २०७०÷७१ देखि कृषि तथा पशु बीमा कार्यक्रमलाई अनिवार्य रूपमा कार्यान्वयनमा ल्याएको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार, गतवर्ष १ लाख ३ हजार किसान कृषि तथा पशु बीमा कार्यक्रममा आबद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार