नेकपा एमालेमा आएको विभाजनपछी प्रदेश सांसदले दल रोज्न थाले

नेकपा एमालेमा आएको विभाजनपछी प्रदेश सांसदले दल रोज्न थाले

नेकपा एमाले फुटको असर प्रदेशमा परेको छ । प्रदेशका सांसदहरुले माधब कुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकिकृत समाजबादी रोजेपछि प्रदेशमा एमालेको सिट सङ्ख्या घटेको छ ।

१२ जना सांसदले नेकपा एस रोजेपछि बाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नु भएको छ ।यसैबीच,नेकपा एकीकृत समाजवादीले बाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ ।

एक सय९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए तर अब एमालेको ४४ जना सांसद रहेका छन् । नेकपा एसका सांसद लक्ष्मण लम्सालले अबराजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने गरि प्रक्रिया अगाडी लैजाने बताउनुभयो ।

नेकपा एमालेले भने सकेसम्म सत्ता जोगाउन पहल गर्ने नभए जिम्मेवार प्रतिपक्षमा रहने प्रतिक्रिया दिएको छ । सीआईएनसँग कुराकानी गर्दै एमाले सांसद दिपक निरौलाले अब आफ्नो पार्टी प्रतिपक्ष मै बस्ने बताउनुभयो । प्रदेश १ को एमालेको सरकार पनि अल्पमतमा पर्ने देखिएको छ ।

आज १० जना सांसदले नेकपा एकिकृत समाजवादी रोजेको निर्वाचन आयोगमा दल रोजेको जानकारी गराउने नेताहरुले बताएका छन् । प्रदेश २ मा १३ जना सांसद एमालेबाट एकिकृतमा समाजवादीमा जाने नेताहरुको दाबी छ । गण्डकी प्रदेशमा भने कोही पनि एकिकृत समाजवादीमा नजाने देखिएको छ ।

लुम्बिनी प्रदेशसभाबाट एक जना सदस्य रमा घर्तीले एकीकृत समाजवादी रोज्नुभएको छ । कर्णाली प्रदेशमा सांसद एकिकृत समाजवादीमा जाने बताएपनि अहिलेसम्म कसैले दल रोजेका छैनन् ।

सुदूरपश्चिममा भने एमालेका १० जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । प्रदेशसभामा एमालेका २४ जना सांसद मध्ये १० सांसदले एकिकृत समाजवादी रोजेका हुन् ।

सातमध्ये ६ वटा प्रदेशको प्रदेशसभामा नेकपा एकीकृत समाजवादी पार्टीको उपस्थिति रहने भएको छ । प्रदेश २ र सुदूरपश्चिममा एमालेभन्दा एकीकृत समाजवादी ठूलो हुने देखिएको छ भने गण्डकीमा उपस्थिति नै नहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार