उपचारका क्रममा मृत्यु भएका अग्रहरीको उपचार खर्च हस्पिटलले व्यहोर्ने

उपचारका क्रममा मृत्यु भएका अग्रहरीको उपचार खर्च हस्पिटलले व्यहोर्ने

स्वास्थ्यसमाचार
भैरहवामा रहेको सिद्धार्थनगर सिटी हस्पिटलले उपचारका क्रममा बिरामीको मृत्यु भएपछी अस्पतालले मृत बिरामीको सबै उपचार खर्च व्यहोर्ने भएको छ ।

अस्पतालमा मृगौलाको उपचार गर्न आएका सियारी गाउँपालिका वडा नं ३, जङहथ्थाका २६ बर्षिय विरेन्द्र अग्रहरी २८ गतेदेखि अस्पतालमा भर्ना भई उपचार गराई रहेकोमा हिजो उनको मृत्यु भएको थियो ।

मृगौलाको डाईलासिस गर्ने क्रममा अग्रहरीको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालको लापरवाहीका कारणले अग्रहरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा बिरोध गरेपछी आज प्रहरी प्रशासनको रोहवरमा वार्ता हुदा अस्पतालले उपचार खर्च सबै व्यहोर्ने गरी सहमति भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

जेठ २८ गते अस्पतालमा भर्ना भएका अग्रहरीलाई अस्पतालका मृगौला रोग विशेषज्ञ डा सुबोध कुमार पाण्डेले सोही दिन पहिलो पटक डाईलासिस गरेको भएपनि हिजो डा पान्डे अनुपस्थितिमा अरु स्वास्थ्यकर्मीले डाईलासिस गर्ने क्रममा अग्रहरीको मृत्यु भएको परिवारको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार