मेलम्चीका बाढीप्रभावितको लागि कोरोना विरुद्धको खोप आज देखि

मेलम्चीका बाढीप्रभावितको लागि कोरोना विरुद्धको खोप आज देखि

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढी प्रभावित १८ वर्ष माथिका नागरिकलाई आज देखि कोरोना विरुद्धको खोप लगाइने भएको छ । हेलम्बु र मेलम्चीका बाढीप्रभावित का २० हजार जनाको लागि कोरोना विरुद्धको खोप उपलब्ध भएको छ ।

आज देखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोपकेन्द्रहरुमा खोप पठाइसकिएको सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँईले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको बाढी प्रभावित पाँचपाखरी थाङपाल गाँउपालिकाको लागि ८ हजार, मेलम्ची नगरपालिकाका लागि ७ हजार र हेलम्बु गाँउपालिकाको लागि ५ हजार डोज खोपका लागि २ हजार भायल खोप स्थानीय तहको तोकिएका खोपकेन्द्रहरुमा पठाइसकिएको चापागाँईले बताउनुभयो ।

बाढीप्रभावितहरुलाई एस्ट्रोजेनिका खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार