गर्भबती महिलाहरुलाई पोषण झोला तथा अभिमुखीकरण तालिम

गर्भबती महिलाहरुलाई पोषण झोला तथा अभिमुखीकरण तालिम

स्वास्थ्यसमाचार
रुपन्देहीको पडसरी स्वास्थ्य चौकीमा ४,६,८ र ९ महिनामा गर्भजाच गराएका गर्भबती महिलाहरुलाई पोषण झोला तथा तिन दिने अभिमुखीकरण तालिम दिएको छ ।

बच्चा जन्मेपछि कुपोषण हुनबाट बचाउन को लागी तालिम दिएको हो। ओमसतिया गाउँपालिका बडा नं २ का वडा अध्यक्ष ज्ञानेश श्रेष्ठको प्रमुख आतिथ्य गाउँपालिका स्वास्थ्य संयोजक राम प्रसाद भट्राईको बिशिष्ठ आतिथ्य तथा पडसरी स्वास्थ्य चौकीका प्रमुख हंसराज दौल्यालको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो ।

तालिममा बोल्दै वडा अध्यक्ष श्रेष्ठले बालवालिकालाई कुपोषण हुनबाट बचाउनको लागी यो तालिम उपलब्धीमुलक रहने बताए । तिन दिन सम्म चलेको तालिमबाट सहभार्गि गर्भबती महिलाहरुले तालिम उपलब्धी मुलक रहेको बताए । तालिमको संञ्चालन कमला भन्डारी र शुसिला ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार