हस्तकला सामग्रीको निर्यात घट्यो,उद्योग व्यवसाय सङ्कटमा

हस्तकला सामग्रीको निर्यात घट्यो,उद्योग व्यवसाय सङ्कटमा

नेपालबाट निर्यात हुने सामग्री मध्ये हस्तकलाको सामग्री पनि एक हो । तर पछिल्लो समय हस्तकला सामग्रीको निर्यात घटेको छ । निर्यात घटेपनि हस्तकलाका सामग्री निमार्ण गर्ने उद्योगहरु पनि बन्द हुने अवस्थामा पुगेका छन् ।

धातुका मुर्तिहरु निमार्ण गरि चीन सहित अन्य एसियाली मुलुकमा निर्यात गर्ने काठमाडौँ असनको एसबी हस्तकला उद्योग अहिले बन्द छ । १२ वर्ष देखि सञ्चालनमा रहेको यो उद्योगले बार्षिक २ करोड बराबरको कारोबार गथ्र्यो ।

तर अहिले कारोबार ठप्प भएको उद्योग सञ्चालक सानु बाबु महर्जन बताउनुहुन्छ । नेपालमा धातुका गरगहना, बाँसका सामग्री, मूर्तिकला, चित्रकला, सेरामिक, हातेकागज, बेतबाँस, थान्का, रेसाजन्य कपडालगायत हस्तकलाका सामग्री उत्पादन हुन्छ ।

हातवाट बनेका ऊनका कपडा अमेरिका,बेलायत, जर्मनी लगाएतका देशमा निर्यात हुन्छ । तर यस्तो नियार्त अहिले ५० प्रतिशतले घटेको छ क्रेता क्राफ्टका कार्यकारी निर्देशक रुपक पराजुलीले बताउनुभयो १० वर्ष देखि सञ्चालनमा रहेको ज्ञानु हस्तकला उद्योगमा अहिले कामदार र उत्पादन दुबै घटेको छ ।

उत्पादन घटेपछि बाह्य व्यापार पनि घटेको सञ्चालक ज्ञानेन्द्र कार्की बताउनुहुन्छ । नेपालमा हस्तकला क्षेत्रमा करिब ११ लाख कालीगढ प्रत्यक्ष सहभागी छन् । नेपालमा निर्मित १ सय ६८ प्रकारका नेपाली हस्तकला विभिन्न २२ देशमा निर्यात हुन्छ ।

तर, कोरोना महामारी पछि यो व्यवसाय प्रभावित भएको छ । बार्षिक १२ अर्बको हस्तकला निर्यात हुँदै आएकोमा १ बर्ष अघि ५ र गत आर्थिक बर्षमा २ अर्बको मात्रै निर्यात भएको छ हस्तकला महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले जानकारी दिनुभयो ।

नेपाली अर्थतन्त्रमा २० अर्ब बराबरको योगदान पु¥याउँदै आएको हस्तकला उद्योग व्यवसायको प्रर्बधन र पुर्नरुत्थानका लागि सहुलियत पुर्ण कर्जाको व्यवस्था गर्ने उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयका घरेलु, साना तथा मझौला उद्योग प्रबर्धन शाखा प्रमुख दिनेश सागर भुसालले बताउनुभयो ।

हस्तकला उद्योग ब्यवसायमा ३० हजार व्यवसायी आबद्ध छन् । हस्तकला हाते सीपको माध्यबाट नेपालको मौलिक कला र संस्कृतिलाई बाह्य बजार सम्म फैलाउने निर्यातमुखी उद्योग हो ।

विदेशी मुद्रा आयआर्जनको प्रमुख स्रोतमा हस्तकला पनि पर्छ । वार्षिक रुपमा १२ अर्ब रुपैया भन्दा बढि निर्यात भैरहेको हस्तकलाका सामान कोरोना महामारी पछि भने ८३ प्रतिशतले घटेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार