धरानमा डेंगुको महामारी, २सय ८१ जना संक्रमित

धरानमा डेंगुको महामारी, २सय ८१ जना संक्रमित

स्वास्थ्यसमाचार

धरान उपमहानगरपालिकामा डेंगु फैलिँदा २ सय ८१ जनामा रोगको लक्षण देखिएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक अस्पताल निर्देशन विकास साहका अनुसार रगत परीक्षण गर्न पुगेका ८ सय ५२ जनामध्ये २ सय ८१ जनामा डेंगु भाइसर देखिएको बताए । प्रतिष्ठानले डेंगुका बिमारीलाई निशुल्क उपचार व्यवस्था मिलाएको अस्पताल निर्देशक डा। गौरीशंकर साहले जानकारी दिए ।

डेंगुको महामारी नियन्त्रण गर्न दुई साताअघि गठित चिकित्सकसहितको ‘र्‍यापिड रेस्पोन्सट’ टोलीले वीपी प्रतिष्ठानमा एमबिबिएस पास भएर ‘इन्टर्न’ गरिरहेका र चिकित्साशास्त्रका विद्यार्थीलाई परिचालन गरेको गर्दै आएको छ ।

डेंगु महामारी नियन्त्रणका लागि सबै निकायहरू परिचालिन भएको भन्दै धरानबासीलाई सचेत हुन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आग्रह गरे । यस्तै, शुक्रबार सभामुख प्रदिपकुमार भण्डारी र मन्त्री घिमिरेले स्थलगत निरीक्षण गरेका थिए । उनीहरुले उपचाररत बिरामीलाई भेटेका थिए । उनीहरूले डेंगुका बिमारीहरुलाई छुट्टै उपचारको व्यवस्थापन गर्न प्रतिष्ठान प्रशासनलाई निर्देशन दिएका थिए ।

उपमहानगरपालिकाले ८ र १५ वडालाई स्वास्थ्य संकट ग्रस्त क्षेत्र घोषणा गरेको छ । डेंगुका अण्डा, लार्भा र प्यूपा नस्ट गर्न स्थानीयबासीसहित टोली खटिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार