आज अन्तर्राष्ट्रिय योग दिवस, औपचारिक तथा अनौपचारिक रूपमा मनाइँदै

आज अन्तर्राष्ट्रिय योग दिवस, औपचारिक तथा अनौपचारिक रूपमा मनाइँदै

योग गर्न आह्वान गर्दै आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि हरेक वर्ष अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ््घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो ।

प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गर्नुभएको थियो । युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले पनि मोदीको प्रस्तावमा समर्थन गरेका थिए । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपालमा कोरोना भाइरसको दोस्रो लहरको सङmमणका कारण भर्चुअल तथा भौतिक दुरी कायम गर्दै दिवस मनाउने कार्यक्रम तय भएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार