रामेछापका आठ वटै स्थानीय तह नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटे

रामेछापका आठ वटै स्थानीय तह नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटे

रामेछापका आठ वटै स्थानीय तह नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटेका छन् । यही असार १० गते बजेट ल्याउनु पर्ने कानुनी प्रावधान अनुसार स्थानीय तहहरु अहिले बजेट निर्माणमा जुटेका हुन् । बजेट निर्माणमा आगामी आर्थिक बर्ष स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने गरी गृहकार्य गरिरहेका छन् ।

विगतमा सडक निर्माणको कामलाई पहिलो प्राथमिकता दिएका स्थानीय तहले आगामी आर्थिक बर्षमा भने स्वास्थ्य क्षेत्रको स्तरउन्ती गर्ने गरी बजेट ल्याउने बताएका छन् । जिल्लाका स्थानीय तहमा आन्तरिक स्रोत निकै न्युन हुँदा संघीय सरकार र प्रदेश सरकारले प्रदान गर्ने शर्सत अनुदानलाई आधार बनाएर बजेट निर्माण हुने गरेको छ ।

रामेछाप जिल्लाको मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाले गिटी बालुवा विक्रि वितरण गरेर केही आन्तरिक स्रोत जुटाए पनि अन्य स्थानीय तहहरु भने संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानकै आधारमा चल्ने गरेका छन् । आगामी आर्थिक बर्षको लागि आठ वटै स्थानीय तह नीति तथा कार्यक्रम र बजेट निर्माणमा व्यस्त छन् । अहिलेसम्म स्थानीय तहको तयारी अनुसार करिब ५ अर्ब २५ करोड बराबरको बजेट आउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार