यस वर्ष सातै प्रदेशको बजेट अघिल्लै वर्षको हाराहारीमा आउने

यस वर्ष सातै प्रदेशको बजेट अघिल्लै वर्षको हाराहारीमा आउने

देशकै सातै प्रदेश बजेट ल्याउने अन्तिम तयारीमा व्यस्त छन् ।असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण कोरोना महामारी र राजनीतिक उथलपुथलका बिचपनि प्रदेश सरकार बजेट निर्माणको अन्तिम रस्साकस्सीमा जुटेका हुन् ।धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन सकेका छैनन् ।

आन्तरिक स्रोत सुदृढ पार्न नसकेका प्रदेश सरकारहरू यो वर्ष बजेट बढाउन असमर्थ हुने संभावना छ ।प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८ ÷ ७९ का लागि कोरोना महामारीलाई केन्द्रित गरेर करिब साँढे ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।प्रदेश २ ले यही वर्षको हाराहारीमा ३३ अर्ब आसपासको बजेट ल्याँउदैछ ।

बागमती प्रदेशले ५५ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।अर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशका १३ वटै जिल्लालाई कोभिड संक्रमितको उपचार, अस्पतालको स्तरोन्नति र खोपलाई प्राथमिकतामा राखेर बजेट विनियोजन हुने बताउनुभयो ।दुई दिन अघिमात्रै सत्ता फेरिएको गण्डकी प्रदेशमा आज नीति तथा कार्यक्रम पेश हुँदैछ ।

प्रदेश सरकारले भोलि ३२ अर्ब हाराहारीको बजेट ल्याउने स्रोत बताँउछ ।लुम्बिनी प्रदेशमा हिजो नीति तथा कार्यक्रम बहुमतले पास भएपछि मुख्यमन्त्री शंकर पोखरेललाई राहत मिलेको छ । उहाँको सरकारले भोली ३९ अर्ब हाराहारीको बजेट ल्याउँदैछ ।कर्णाली प्रदेशले आगामी वर्षका लागि करिब ३० अर्बको हाराहारीमा बजेट ल्याउँदैछ भने सुदुरपश्चिम प्रेशमा बजेटको आकार ३० अर्ब आसपास हुने बुझिएको छ ।संघीय सरकारले बजेटमा कोरोना नियन्त्रण, उपचार र खोपलाई प्राथमिकता दिएपछि प्रदेशले पनि यसैलाई पछ्याउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार