डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने

डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने

डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ । डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भमि सिंह टिकंरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार डेनिस सरकारले उपलब्ध गराउने खोपका लागि सहजीकरण गरिदिन विभागले युनिसेफलाई आग्रह गरिसकेको छ । नेपाललाई हालसम्म चीनले १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ भने भारतले ११ लाख खोप उपलब्ध गराएको छ । कोभ्यास कार्यक्रम मार्फत ३ लाख ८४ हजारभन्दा बढी डोज खोप पनि आएको छ । पछिल्लो पटक अमेरिकाले पनि कोभ्याक्स कार्यक्रम मार्फत खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार