६ हजार ६ सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

६ हजार ६ सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल सङ्क्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । हाल सक्रिय सङ्क्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । सक्रिय सङ्क्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा, ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेका छन् ।

आज थप ८ हजार ६६३ जना निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना निको भएका छन् । नेपालमा निको हुने दर ८१ दशमलब९ प्रतिशत रहेको छ । आज १०१ जनाको मृत्यु भएको छ । नेपालमा७ हजार ७ सय ३१ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार