भोलिदेखि रामेछाप जिल्लाभर निशेधाज्ञा जारी

भोलिदेखि रामेछाप जिल्लाभर निशेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभर निशेधाज्ञा गर्ने भएको छ । भोलि राती १२ बजेदेखि लागू हुनेँ गरि जिल्लाभर निशेधाज्ञा हुने प्रशासनले जनाएको छ ।

जिल्लामा निश्चित क्षेत्र तोकेर मात्रै निशेधाज्ञा जारी गरिएको थियो तर भोलि राति १२ बजेदेखि लागू हुनुगरी जेठ ९ गते राती १२ बजेसम्म निशेधाज्ञा गर्न लागिएको प्रशासनले एक सूचना प्रकाशित गरि जानकारी दिएको छ ।

आज बसेको बैठकले जिल्लाभर निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि जिल्लाको मन्थली र रामेछाप नगरपालिकाका बजार क्षेत्रहरू र गोकुलगंगा गाउँपालिकाको केही वडाहरुमा निशेधाज्ञा गरिएको थियो ।                                                                                                    

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार