एकैदिन रामेछापका ८१ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन रामेछापका ८१ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापमा कोरोना संक्रमित दैनिक बढ्न थालेका छन । रामेछापमा आज एकैदिन थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज दोरम्बा गाउँपालिकाका ११ जना,रामेछाप नगरपालिकाका ८ जना र मन्थली नगरपालिकाका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज ७९ जनाको पीसीआर विधि र १२ जनाको एन्टिजेन विधिबाट परीक्षण सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यो सङ्गै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १७९ जना पुगेको छ ।

जिल्लाका बजारहरुमा कोरोना संक्रमण तिव्र रुपमा फैलिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए अस्पतालमा आएर पिसिआर परीक्षण गराउन उहाँले नागरीकलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार