अब जिल्ला अस्पताल रामेछापमै पीसीआर ल्याब

अब जिल्ला अस्पताल रामेछापमै पीसीआर ल्याब

जिल्ला अस्पताल रामेछापमै अब पीसीआर ल्याब स्थापना हुने भएको छ । जिल्लामा पीसीआर ल्याब नहुँदा स्वाब परीक्षण रिपोर्ट आउन २ देखी ३ दिनसम्म लाग्ने गरेको थियो । कोरोना परीक्षण रिपोर्ट ढिलो आउँदा संक्रमण तिव्र रुपमा बढ्दै गएको भन्दै जिल्लामा चौतर्फी विरोध हुँदै आएको थियो । अब भने यो समस्या समाधान हुने भएको छ ।

प्रदेश सरकारले बागमतीका जिल्लाहरुमा पीसीआर ल्याब स्थापना गर्ने भएको छ ।कोभिड–१९ कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकार मातहतमा परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय गरिएको हो ।

यसअघि प्रदेशका ६ वटा जिल्लामा पीसीआर ल्याब स्थापना गरिसकेकोछ । केही दिनअघि मात्रै दोलखाको चरिकोटमा अत्याधुनिक ल्याबले पीसीआर परीक्षण गर्न शुरु गरिसकेको छ ।

मन्त्रालयको निर्णयसँगै प्रदेश अन्तर्गतका धादिङ, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, काठमाडौं, ललितपुर र चितवनमा ल्याब स्थापना हुनेछ । मेसिन खरिद गरी स्थापना गर्न, आवश्यक पर्ने अनुमानित रकमको लेखाजोख स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार